MEDICARE,Where care comes first
मेडिकेयर अस्पतालका चेयरमेन, पेटरोग विशेषज्ञ डा.प्रदीप कुमार यादव सँगको सङ्क्षेपमा कुराकानी ।
चेयरमेन , पेटरोग विशेषज्ञ
डा.प्रदीपकुमार यादव
डा.शाहव मेडिकेयर हस्पिटलको विषयमा प्रकाश पारिदिनुहोस् ?
डा. प्रदीपकुमार यादव : नेपालमा स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने राज्यको प्रतिवद्धताको एउटा पाइलाको रूपमा मुख्यत हामी केही चिकित्सकहरूले १९९२ मा मेडिकेयर नर्सिङहोम नामक संस्था दर्ता गरी पुतलीसडकमा एउटा घर भाडामा लिई सेवा सञ्चालन गर्यौं । हाम्रा सेवाबाट प्रभावित भई उपचारार्थ आउने बिरामीहरूको सङ्ख्या बढ्दै जान थाल्यो । यसमा हामीले प्रत्येक रोगको विशेषज्ञ सेवा छुट्टाछुट्टै प्रदान गर्नुपर्ने नै हुनपर्दछ ।
यसैगरी सेवा प्रदान गर्दै जाँदा सन् १९९७ मा केही विदेशमा व्यवसाय गर्ने साथीहरू र हामी चिकित्सकहरू मिलेर उक्त नर्सिङहोमलाई मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको नाममा दर्ता गराई नक्सालमा घर भाँडा लिई चिकित्सासेवा प्रदान गर्न थालियो । नक्सालबाट प्राइभेट हस्पिटलको रूपमा सेवा सञ्चालन गर्दा प्राइभेट अस्पतालको तर्फबाट आइ.सि.यु.सेवा, ल्याप्रोस्कोपी शल्यक्रिया र मुटुको शल्यक्रियासमेत प्रदान गर्ने प्राइभेट हस्पिटलको प्रथम सञ्चालनमा ल्याउने श्रेय प्राप्त गरेको थियो ।
सन् २००२ मा यो अस्पताल आफ्नै भवन चाबहिलमा स्थानान्तरण भई उच्च स्तरको स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको छ ।
मेडिकेयर अस्पताल लि.ले झेल्नुपरेका हालका समस्याहरू र ती समस्याहरूको समाधान गर्दै अघि बढ्ने उपायहरू अपनाउँदै हुनुहुन्छ ?
डा.प्रदीपकुमार यादव : चिकित्सा विज्ञानले निरन्तर रूपमा जानकारीमा आइराख्ने नयाँ स्वास्थ्य समस्याहरू र त्यसको उपचार पद्धतिको खोज अनुसन्धानमा निरन्तर लागिरहने र उपचार विधिहरू पनि पहिल्याउँदै जाने निरन्तर प्रक्रिया हो । अस्पताल सञ्चालक र एक विज्ञ चिकित्सकको नाताले प्रत्येक नयाँ दिनमा आउने समस्या र त्यसको समाधानका लागि आफूलाई चुस्तदुरुस्त (update) राख्दै यस अस्पतालमा सेवारत चिकित्सकहरू आ-आफ्ना विषयगत सेवामा तयार रही सेवा प्रदान गर्ने हुँदा यस अस्पतालद्वारा प्रदान गरिएका सेवाप्रति जनगुनासो छैन ।
आज पर्यावरणीय र वातावरणीय प्रदुषणका कारणले गर्दा रोगहरू पनि बढ्दै जानु स्वभाविकै हो । जनस्वास्थ्यको चासो राख्दै खोलिने हस्पिटलहरूको सङ्ख्या पनि दिनदिन त्यसै क्रममा बढ्दैछ । हामीले सम उद्देश्यले खोलिएका अन्य हस्पिटलहरू सँगसँगै सेवाहरूको शुल्क, सेवाको स्तर साथै इनपायसेन्ट र आउटपायसेन्ट विरामीको लागि प्रदान गरेको सेवा र सुविधाबाट प्राप्त सन्तुष्टि नै हाम्रो उपलब्धको मापदण्ड हुनेहुँदा हामी यसतर्फ सतर्क र सजग छौँ ।
मेडिकेयर हस्पिटललाई यस अवस्था ल्याउनको लागि खेल्नुभएको भूमिकाको विषयमा छोटो उत्तर ?
डा. प्रदीपकुमार यादव : यस अस्पतालमा सेवारत चिकित्सकहरूको दक्षता र लगनशीलता नै यस अस्पताललाई यस अवस्थामा ल्याउने क्रममा मेरुदण्डको रूपमा भूमिका निर्वाह गरेको कुरा सबैमा छर्लङ्ग छ । अस्पताल भन्नाले चिकित्सक, प्राविधिक कर्मचारी, प्रशासनिक, लेखा र यी अन्तर्गत विभाग शाखा उपशाखा रहन्छन्, त्यसका लागि कुशल, दक्ष चिकित्सक, प्राविधिक, दक्ष प्रबन्धक, प्रशासक मात्रले पुग्दैन । यसका साथै नर्सिङस्टाफ, हाउसकिपिङ र मेन्टिनेन्स आदिमा कार्यरत कर्मचारीहरू पनि हुन जरूरी छ । म दावाको साथ भन्न सक्दछु कि सौभाग्यबस यी सबै कुराहरू मैले पाएको छु । मलाई मेरो अभिभावकले जस्तो मार्गदर्शन गर्ने अग्रज चिकित्सकहरू, पूर्ण विश्वास गर्ने सञ्चालक समिति र अक्षर समयअनुकूल निर्देशन अनुसार समय सापेक्ष काम गर्ने सम्पूर्ण सहकर्मी चिकित्सक साथीहरू र यस अस्पतालका कर्मचारीहरू नै मेडिकेयर अस्पतालका खम्बा हुन । हामीहरूको आपसी विश्वास र सत्कर्म नै जनविश्वास हो, जनताको हामीप्रतिको विश्वास नै मेडिकेयर अस्पतालको सेवाको मूल्याङ्कन र सफलता हो ।
अन्तमा केही भन्नु छ ?
डा.प्रदीपकुमार यादव : म लगायत मेडिकेयर अस्पतालका चिकित्सकहरूको सेवाभाव र दक्षतामा दिनदिन अभिवृद्धि हुँदै जाओस् । यस अस्पतालमा विश्वास गरेर उपचारार्थ आउने विरामीहरूको उचित निदान र उपचार गरी दीर्घायु प्रदान गर्ने सकियोस् । भवतु सब्व मङ्गलम् ।
We care for your better health