विमला न्यौपाने
वार्ड इन्चार्ज
एक स्वस्थ दिन चर्या
१. विहाने खाली पेटमा एक गिलास मन तातो पानी पिउनुहोस्। भन्ने पर्दा दैनिक ८ देखि १० कप मन तातो पानीको सेवनले शरीरलाई स्वस्थ रहन मद्दत पुऱ्याउँछ।
२. Morning Walk ले शारीरिक फाइदाहरू जस्तै-मुटुको स्वास्थ्य, तौल नियन्त्रण र रोग प्रतिरोधात्मक क्षमता (Immunity power) बढाउँछ। त्यसैगरी, मानसिक फाइदाहरूमा तनाव कम गर्ने, सकारात्मक सोच, र राम्रो निद्राका साथै अन्य फाइदाहरूमा एकाग्रता (Concentration) र स्मरणशक्ति (Memory power) मा वृद्धि भई दिनको राम्रो सुरुवात हुने गर्दछ।
"कम्तीमा दैनिक ३० मिनेट हिँड्नुपर्छ!"
३. व्यायाममा जोड दिनुहोस्। निरन्तर व्यायामले शरीर फुर्तिलो हुन्छ।
४. त्यस्तै विहानको समयमा सूर्यको किरणमा केही बेर बस्दा शरीरले भिटामिन डी पाउँछ।
५. स्वस्थकर खानामा जोड दिनुहोस्। चिल्लो, पिरो, अमिलो, जङ्कफुडबाट टाढा रहने र तातो तथा झोलिलो खाँदा शरीर न्यानो हुन्छ र स्वस्थ रहन्छ।
६. जाडोमा झोलिलो खानेकुरा सँगै फलफूलको पनि महत्त्वपूर्ण भूमिका छ- स्याउ, मेवा, केरा, सखरखन्ड इत्यादि सेवनले विभिन्न फाइदा हुन्छन्।
७. स्वस्थ रहन निन्द्रा पनि उत्तिकै आवश्यक छ। एक जना Adult लाई दैनिक ७-९ घण्टाको निन्द्रा आवश्यक छ भने बच्चालाई अझ बढी चाहिन्छ।
८. जाडो महिनामा हामी कोठामा आगो बालेर वा हिटर तापेर बस्ने गर्छौं तर यसो गर्दा हामीले कोठाको राम्रोसँग हावाको आवतजावत छ कि छैन हेर्नुपर्छ किन भने हावाको आगमन (Proper Ventilation) नहुने ठाउँमा यसरी आगो, ब्रिकेट वा हिटर बाल्दा धेरै अप्रिय घटनाहरू घट्ने गर्दछन्। त्यस्तै गिजर प्रयोग गर्दा पनि यो कुरामा ध्यान दिनुपर्छ।
"DO NOT INSTALL THE GASS GEYSER IN CLOSED SPACE= ALWAYS KEEP THE VENTILATION OPEN WHILE USING GEYSER"
We care for your better health!